खानेपानी आयोजना शिलान्यास

  • प्रकाशित मितिः चैत्र २४, २०७५
  • 1191 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, चैत २४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ब्यापारिक केन्द्र दिक्तेलबजारमा स्वच्छ पानीका लागि दिक्तेल साना शहरी खानेपानी तथा सरसफाइ आयोजना शिलान्यास गरिएको छ । उक्त आयोजनाको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले चैत २३ गते शिलान्यास गरेका हुन् । 
उक्त आयोजनाको ढल विकास विभाग, नगर विकास कोष, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिक्तेल खानेपानी उपभोक्ता सरसफाइ समिति बीच चैत १३ गते संझौता भएको थियो । करिब २२ करोडको लागतमा १८ महिनामा आयोजना सम्पन्न हुने आशिष निर्माण कम्पनीले ठेक्का लिएको छ । नेपाल सरकार खानेपानी तथा ढल विकास निकास विभाग) को ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत ऋण र उपभोक्ता समितिबाट पा“च प्रतिशतबाट दिक्तेल साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम सुरु भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित