‘छहरा छाँगा’ सार्वजनिक

  • प्रकाशित मितिः माघ १८, २०८१
  • 1250 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ १८–गायक तथा संगीतकार भक्त विश्वकर्मा र केदार अनुरागीको स्वरमा ‘छहरा छाँगा’ गीत सार्वजनिक भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ११ खार्मीका दाजुभाइको स्वरमा सजिएको गीत माघ १६ गते सार्वजनिक गरिएको हो ।
दिक्तेलमा आयोजित बा“सुरी वादन तथा अन्तर विद्यालय गायन प्रतियोगिताको अवसरमा नगर प्रमुख तीर्थराज भट्टराईले सार्वजनिक गरेका हुन् । राष्ट्रभावले भरिएको गीत खबरमल्टी नामक यु–टयुव च्यानलमा हेर्न सकिन्छ ।
दिक्तेलका कृष्णप्रसाद आचार्यको शब्द, भक्त विश्वकर्माको संगीत रहेको उक्त गीत करुणा फाउण्डेसनको सहयोगमा तयार गरिएको भक्त विश्वकर्माले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित