सविना अछामे–
खोटाङ, माघ ९–दुर्गाजयन्ती राई चिरपरिचित नाम हो । उनलाई राजनीतिककर्मीको रूपमा चिनिन्छ । उनी संविधासभा सदस्य तथा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्यको भूमिकामा छन् । यत्तिमा मात्र उनलाई चिनिदैन । आजभोलि दिक्तेल आउने जो कोहिले अर्गानिक खाद्य सामान चाहियो भने उनै दुर्गाजयन्तीलाई खोज्ने गर्छन् । उनै दुर्गाजयन्तीले सञ्चालन गरेको नमुना कृषिजन्य सामग्री प्रशोधन केन्द्रमा अर्गानिक खाद्य सामग्री पाइने भएकाले उक्त पसलमा नआई धरै पाउदैनन् ।
उनको पसलमा मकैको च्याख्ला, कोदोको पिठो, फापरको पिठो, मकैको पिठो, किनामा, स्थानीय चामल, दाल, भटमास, मकै, गुन्द्रुक, सिन्की, घिउ, मह, चुक, तोरिको तेल, टिम्मुर, टिम्मुरको अचार, तामा, स्थानीय बोडी, अकबरे खुर्सानी, तरकारी, फलफूल, रा“गाको सिकुटी तथा स्थानीय बा“सबाट उत्पादित डालो, नाङ्लो, कुचो लगायतका सामग्री पाइने राईले सुनाइन् । स्थानीय किसानले उत्पादन गरेका सामग्री सङ्कलन गरेर विक्री गर्ने गरेको राईको भनाई छ । यहा“का सामान जिल्ला लगायत काठमाडौं, हङ्कङ लगायतका देशहरूमा जाने गरेको राईले सुनाइन् ।
२०७६ सालबाट यो पसल सुरु गरेकी हुन् । थोरै लगानीबाट सुरु गरेको पसल १०–१२ लाख पुगेको राईले सुनाइन् । उनको पसलमा मासिक डेढ लाखको कारोबार हुने राईको भनाई छ । खासगरी राजनीति विशुद्ध समाजसेवा मात्र भएकाले राजनीति गर्नका लागि पसल सञ्चालन गर्नु परेको राईको भनाई छ । महिलाहरूले व्यवसाय गर्न सक्दैनन् भन्ने मानसिकतालाई चिर्न सफल भएको उनी सुनाउछन् । यसका साथै पसल सञ्चालन गरेपछि किसानसंगको सिधा सम्वन्ध बढेकाले किसानको समस्याको बारेमा बुझ्न पाएको राईको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २४–जिल्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २१–कुकु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०-भुवनेश�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०–जिल्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १८–किरा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित