सविना अछामे–
खोटाङ, माघ ६–माओवादी केन्द्र युवा तथा विशेष महाशाखा १ नम्बर प्रदेशको अध्यक्षमा खोटाङका प्रभात राई चयन भएका छन् । काठमाडौंको बागबजारमा माघ ५ गते सम्पन्न प्रथम सम्मेलनले राईको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्रबहादुर गुरुङ ‘कसम’को प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले उपाध्यक्षमा पर्शुराम धमला ‘अतित्’ सचिवमा अनुज खनाल खत्री, सहसचिवमा ज्ञानदीप राई र कोषाध्यक्षमा नमिता राउत चयन भएका छन् । युवा विशेष महाशाखा १ नं प्रदेशका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्रमुख अतिथि गुरुङले पद तथा गोपनियताको शफत ग्रहण गराएका थिए ।
सम्मेलन उद्घाटन कार्यक्रमका वक्ताहरूले आफ्नो अधिकार प्राप्तिका निम्ति हरेक समस्याहरूको सामना गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा पार्टीका उपत्यका विशेष प्रदेश समितिका सह–सचिव मन्जु बम, वाइसियल नेपालका केन्द्रीय सदस्य दीपक न्यौपाने, वाइसियल नेपाल काठमाडौंका सचिव रूपेश दङ्गाल, वाइसियल नेपाल सिन्धुपालचोकका सचिव प्रकाश घिमिरे लगायतको उपस्थिति थियो । सम्मेलन उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न पार्टी परित्याग गरी किरण मगर, योगेस मगर, सुबाश मगर र विकाश मगर माओवादी पार्टीमा प्रवेश गरेका छन् । पार्टीको युवा विशेष महाशाखाको आठ शाखामध्ये १ नं प्रदेश महाशाखाले सबैभन्दा पहिले सम्मेलन सम्पन गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, फागुन २–गैरसरकारी संस्था म�... ... ...
सविना अछामे–खोटाङ, फागुन १–नेकपा माओवादीका उप�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–खोटेहाङ �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–अहिलेको �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित