नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ ५–‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ को अवसरमा आयोजित सांस्कृतिक पर्यटन तथा कृषि मेला सकिएको छ । किरात यले दोङ (किरात सम्वत्) ५०८५ को अवसर पारेर माघ १ गते चखेवामा सुरु मेला माघ ५ गते सकिएको हो ।
उक्त मेलाको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डे र पूर्व मन्त्री सुदन किरातीले उद्घाटन गरेका थिए । भ्रमण वर्षको सुरुवातीमा टेम्केमैयु गाउँपालिकाको आयोजनामा चखेवामा मङ्गलबारदेखि पाँच दिने सांस्कृतिक पर्यटन तथा कृषि मेला आयोजना गरेको थियो । उक्त मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम तथा कृषिजन्य उत्पादन प्रदर्शन गरिएको थियो । यसअन्तरगत माघ १ गते उद्घाटन समारोह, २ गते कविता प्रतियोगिताको साथमा कलाकार ज्वाला राईको प्रस्तुति, ३ गते साकेला सिली प्रतियोगिताको साथमा कलाकार भीषण मुकारुङको प्रस्तुति, ४ गते धनुषवाण (आर्चरी) प्रतियोगिताको साथमा हास्य कलाकार मनोज गजुरेलको प्रस्तुति र ५ गते शिव परियारको प्रस्तुति थियो ।
किरात समुदायको सघन बसोबास रहेको खोटाङ, भोजपुर, संखुवासभा, सोलुखुम्ब लगायतका विभिन्न जिल्लाहरूलाई समेटेर ८ वर्षअघि सुरु गरिएको मुन्दुम ट्रेल अहिले सप्तकोसीको कोसी टप्पुदेखि सगरमाथा (चोमालुङ्मा) बेसक्याम्पसम्म विभिन्न ग्रेटर मुन्दुम ट्रेलको रूपमा विस्तार भइरहेको मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ का आयोजकमध्येका रमेश राईले बताएका छन् । भ्रमण गर्न चाहनेहरूले सप्तकोसीको कोसी टप्पुदेखि विभिन्न ठाउँबाट सुरु गर्न सकिने राईले बताएका छन् । पाँचदेखि १५ दिनसम्मको प्याकेजमा मुन्दुम ट्रेल भ्रमण गर्न सकिने राईको भनाई छ । मुन्दुम टे«ल भर्जिन र १० देखि ८० वर्षसम्मकाले सहज यात्रा गर्न सक्ने भएकाले पर्यटकका लागि रोजाइमा पर्ने राईले बताएका छन् ।
भ्रमण वर्षमा करिब एक लाख पर्यटक भित्राउन लक्ष्य लिइएको ट्रेल भ्रमण वर्ष २०२५ का आयोजक मध्येका रमेश राईले बताएका छन् । भ्रमण वर्षको अवधिमा सिजन अनुसार पर्यटनसंग सम्वन्धित विभिन्न कार्यक्रमहरू आयोजना गरिएको राईले जनाएका छन् । उनका अनुसार भ्रमण वर्षमा भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा गुरास तथा घोडचढी एबम फिल्म सुटिङ महोत्सव बैशाखमा, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले रेडपाण्डा तथा थार महोत्सव बैशाखमा र फागुन १५, १६ र १७ गते राष्ट्रिय बाँस सम्मेलन, केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ महोत्सव तथा गोठस्टे महोत्सव, साकेला गाउँपालिकामा उधौली–उभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने राईले सुनाए ।
त्यस्तै भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथुन, माउन्टेन साइकिलिङ, साल्पा सिलिछो गाउँपालिकाले आगामी कात्तिकमा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकुर महोत्सब लगायतका कार्यक्रम आयोजना गरिने राईले सुनाए । यसबाहेक हतुवागढी, आमचोक र रामप्रसाद राई गाउँपालिकाले सप्तकोसीदेखि महाकुलुङसम्मको अल्ट्राम्याराथुनको आयोजना गर्ने राईले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, फागुन २–गैरसरकारी संस्था म�... ... ...
सविना अछामे–खोटाङ, फागुन १–नेकपा माओवादीका उप�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–खोटेहाङ �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–अहिलेको �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित