९२ लाखमा निर्माण गरिएको चिस्यान केन्द्र उपयोग विहीन (भिडिओ सहित)

  • प्रकाशित मितिः माघ ५, २०८१
  • 189 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ ५–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माण गरिएको चिस्यान केन्द्र उपयोग विहीन भएको छ । स्थानीय र संघीय सरकारको ९२ लाख खर्च गरेर बनाइएको चिस्यान केन्द्र उपयोग विहीन भएको हो ।
आर्थिक वर्ष २०७८÷७९ मा संसद विकास कोषको ५० लाख र नगरपालिकाको ४२ गरी ९२ लाख रूपैयाँ खर्च गरेर बनाइएको नगर उपप्रमुख विसन राईले बताएका छन् । कृषिजन्य वस्तु नै उत्पादन नभएकाले उपयोग विहीन भएको नगर उपप्रमुख विसन राईले जनाएका छन् । एक पटकमा एउटै प्रकारको मात्र तीस मेट्रिकटन कृषिजन्य वस्तु अट्ने चिस्यान केन्द्र बनाइएको र यत्रो कृषिजन्य वस्तु उत्पादन नभएकाले सञ्चालनमा आउन सकेको राईले सुनाएका छन् ।
चिस्यान केन्द्रमा एउटै मात्र चेम्बर भएकाले त्यसलाई अरु चेम्बर थपेर सञ्चालन गर्ने वा कुनै अन्य विधि अपनाउने भन्ने बारेमा प्राविधिकलाई बोलाइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताएका छन् । चिस्यान केन्द्र मर्मतका लागि डेढ लाख बजेट विनियोजन गरिएको जैसीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित