नमस्ते खोटाङ संवाददाता-
खोटाङ, चैत २३–सालपा विकास बैंकको निक्षेप ३५ करोड बढी पुगेको छ । चैत २३ गते आयोजित उक्त बैंकको सातौ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार ३५ करोड ८१ लाख ३५ हजार पा“च सय ६५ रुपैया“ पुगेको हो ।
उक्त बैंकका कार्यकारी अधिकृत इश्वरमान राईका अनुसार ३२ करोड ८२ लाख ६३ हजार ५२ रुपैया“ ऋण लगानी भएको छ । यसमध्ये कृषिकर्जा सात करोड, आवदिक कर्जा १२ करो ३४ लाख, विपन्न वर्ग कर्जा एक करोड ४७ लाख, लघुवित्त कर्जा दुई करोड, व्यापारिक कर्जा छ करोड, व्यक्तिगत कर्जा तीन करोड ७८ लाख रुपैया“ लगानी गरिएको छ ।
२०६९ साउन १ गते स्थापना भएको यो बैंकले एक करोड ५० लाख नाफा कमाएको विभागीय प्रमुख दीपकर राईले बताए । उक्त बैंकका चुक्तापूजी दुई करोड ८० लाख रुपैया“ हो । यो बैंकले हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, ऐसेलुखर्क गाउ“पालिकाको ऐसेलुखर्क, खोटेहाङ गाउ“पालिकाको सिम्पानी र जन्तेढुङ्गा गाउ“पालिकाको चिसापानीमा शाखा सञ्चालन गरेको छ । केपिलासगढी गाउ“पालिकाको बाक्सिलामा पनि छिट्टै शाखा सञ्चालन गरिने कार्यकारी अधिकृत राईले सुनाए ।
सातौ वार्षिक साधारणसभाको उद्घाटन प्रदेशसभा सदस्य रामकुमार राई, पूर्व सांसद तथा सालपा विकास बैंकका अध्यक्ष टंक राई लगायतले गरेका थिए । कार्यक्रम जिल्ला समन्वय समितिको सभाकक्षमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १६–खोटाङ से�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित