दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा किसानलाई ब्याज अनुदान (भिडिओ सहित)

  • प्रकाशित मितिः माघ ४, २०८१
  • 217 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ ४–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ब्याज अनुदान कार्यक्रम लागू गरेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटबाट व्याजमा अनुदान कार्यक्रम लागू गरेको हो ।
नगरपालिकाका उपप्रमुख विसन राईका अनुसार नगरक्षेत्रका कृषि तथा पशुपालन क्षेत्रमा व्यवसायिक रूपमा काम गर्न इच्छुक उद्यमी युवालाई अधिकतम पाँच लाख रूपैयाँसम्मको ऋणमा पाँच प्रतिशत ब्याज अनुदान उपलब्ध गराइने छ । यसका लागि माघ ३० गतेभित्र आवेदन दिनु पर्ने राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित