नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २७–खोटेहाङ गाउँपालिकामा कृषि तथा पशु मेला प्रदर्शनी आयोजना गरिएको छ । खोटाङबजारस्थित हटियामा पुस २७ गते उक्त प्रदर्शनी आयोजना गरिएको हो ।
उक्त मेलामा फर्सी, मुला, गोलभेडा, कागती, सुन्तला, किवी, काउली, केरा, माहुरी, भाले, राँगा, खसी, बङ्गुर लगायत प्रदर्शनीमा राखिएको थियो । पशु विधा अन्तरगत राँगातर्फ प्रथम हुने खोटेहाङ गाउँपालिका–८ सिम्पानी बर्रेकी मन्दिरा अधिकारी प्रथम भएकी छन् । उनले दश हजार पुरस्कार जितेकी छन् । त्यस्तै खोटाङबजार मुलाबारीका सुजन श्रेष्ठ दोश्रो र मुलाबारीकै मिठूमान श्रेष्ठ तेश्रो भएका छन् । उनीहरूले क्रमशः आठ हजार र छ हजार पुरस्कार जितेका हुन् ।
त्यस्तै खसीतर्फ खोटेहाङ गाउँपालिका–५ चिप्रिङका हिरालाल विष्ट प्रथम, खोटाङबजारका ममित राई दोश्रो र खोटाङ बजारकै उमेश भट्टराई तेश्रो भएका छन् । उनीहरूले क्रमशः ८ हजार, ६ हजार र ४ हजार पुरस्कार जितेका छन् ।
बङ्गुरतर्फ खोटाङबजारकी चन्द्रकला परियार प्रथम, खोटाङबजारकै इन्द्रबहादुर राई दोश्रो र खोटाङबजारकै युवराज राई तेश्रो भएका छन् । उनीहरूले क्रमशः ८ हजार, ६ हजार र ४ हजार पुरस्कार जितेका छन् ।
कृषितर्फ पनि विभिन्न १४ विधामा प्रथम हुनेले ३ हजार, दोश्रो हुनेले २ हजार तेश्रो हुनेले १ हजार पुरस्कार जितेको गाउँपालिकाले जनाएको । जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष अरुणादेवी राईको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा पशु तथा पंक्षीमा ७० र कृषितर्फ एक सय भन्दा बढी स्टल राखिएको थियो । कृषि तथा पशुबाट किसानको आयआर्जनमा बृद्धि गर्न मेला आयोजना गरिएको गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले बताए ।
स्थानीय भवगती माविका बाली विज्ञानका विद्यार्थीहरूले कृषिसम्वन्धी प्रदर्शनी गरेका थिए । उनीहरूलाई सम्मान तथा प्रोत्साहन स्वरूप दश हजार नगद सहित पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ ९–दुर्गाजयन्ती राई चिर�... ... ...
सविना अछामे–खोटाङ, माघ ९–विद्यार्थी नेता प्रत�... ... ...
सविना अछामे–खोटाङ, माघ ६–माओवादी केन्द्र युवा ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–‘मुन्दु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–दिक्तेल र�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित