नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २७–सगरमाथा लोकमार्ग अन्तरगत खोटाङ र उदयपुरको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिबृज जडान गरी सञ्चालनमा ल्याइएको छ । गत असोज १२ गतेको बाढीले पुल बगाएको ठाउँमा बेलिबृज जडान गरी पुस २७ उद्घाटन गरिएको हो ।
उक्त बेलिबृज कोशी प्रदेश भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले उद्घाटन गरेका हुन् । एक करोड २९ लाख ४६ हजार ७७ रूपैयाँको डिटेल स्टिमेट लागतमा बोलपत्र आह्वान गरिए पनि एक करोड दुई लाख रूपैयाँमा आर्यन कन्ट्रक्सन मल्टिपर्पोज प्रालि उदयपुर कटारीले ठेक्का लिएको मन्त्री राईले बताए । उक्त निर्माण कम्पनीले पुसभित्र सक्ने गरी मङ्सिर २८ गते संझौता गरेको थियो । उक्त ठाउँमा ५० मिटरको बेलिबृज जडान गरिएको हो । उक्त बेलिबृजले खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटार जोडेको छ ।
बेलिबृज जडानपछि तराईसंगको सिधा यातायात सम्वन्ध जोडिएको छ । यसले दैनिक उपभोग्य तथा अन्य सामाग्रीको मुल्य घट्ने खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्यले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ ९–दुर्गाजयन्ती राई चिर�... ... ...
सविना अछामे–खोटाङ, माघ ९–विद्यार्थी नेता प्रत�... ... ...
सविना अछामे–खोटाङ, माघ ६–माओवादी केन्द्र युवा ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–‘मुन्दु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–दिक्तेल र�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित