मझुवागढी कालिका भगवती फुटबलको उपाधि सोल्मालाई

  • प्रकाशित मितिः पुस २५, २०८१
  • 466 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २५–लफ्याङस्थित रणजीतमान राई खेलमैदानमा पुस २४ गते सम्पन्न मझुवागढी कालिका भगवती दोश्रो संस्करण फुटबल प्रतियोगिताको उपाधि सोल्मा स्पोर्टस् क्लवले चुमेको छ । पुस २४ गते दिउसो भएको फाइनल खेलमा नुनथला स्पोर्टस क्लवलाई २–० ले पराजित गर्दै उपाधि चुमेको हो ।
विजेता टिमले एक लाख ५१ हजार एक सय ११ रूपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता नुनथलाले एक लाख एघार हजार एक सय ११ रूपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । सेमीफाइनलिष्ट नेर्पा स्पोर्ट क्लव र सावाकटहरेले ३५–३५ हजार पाँच सय ५५ रूपैयाँ सहित मेडल र प्रमाणपत्र पाएका छन् ।
प्रतियोगिताको बेष्ट गोलकिपरमा सोल्माका नवीन पोखरेल, वेष्ट कोच सोल्माकै सुरेश राई, वेष्ट डिफेण्डर सोल्माकै युवराज थापा, मिडफिल्डर नुनथलाका यवन राई, वेष्ट फर्वार्डमा सोल्माका डिकेन राई, सर्वोत्कृष्ट खेलाडी नुनथलाका सुमन टेलर, हाइकोरर सोल्माका सुजन माझी घोषित भएका छन् । उनीहरूले नगद पाँच हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको आयोजक विज्ञान राईले बताए । म्यानअफद म्याचमा सोल्माका सामेल राई घोषित भएका छन् । उनले नगद एक हजार सहित प्रमाणपत्र पाएका छन्
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा कार्यालयको आयोजना तथा नमूना स्पोर्टस् क्वल लफ्याङको सहआयोजनामा भएको उक्त प्रतियोगितामा दश टिम सहभागी भएको वडाअध्यक्ष दिनेश घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित