नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २५–खोटेहाङ गाउँपालिकाले जेष्ठ नागरिकलाई जाडोमा न्यानो ज्याकेट वितरण गरेको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तरगत उक्त गाउँपालिका–१ लिकुवापोखरीका ३५ जना जेष्ठ नागरिकलाई न्यानो ज्याकेट वितरण गरेको हो ।
पुस २४ र २५ गते लिकुवापोखरी वडा कार्यालयमा कार्यक्रम आयोजना गरी जेष्ठ नागरिकलाई न्यानो ज्याकेट वितरण गरिएको गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले बताए । अन्य वडाका जेष्ठ नागरिकलाई समेत न्यानो ज्याकेट वितरण गरिने राईको भनाई छ । यसका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष ९ लाख रूपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष राईले सुनाए । उक्त बजेटबाट पालिकाभरिका तीन सय जेष्ठ नागरिकलाई ज्याकेट वितरण गर्ने राईले जनाए । लिकुवापोखरीमा आयोजित कार्यक्रममा बायोमेट्रिक नवीकरण तथा राष्ट्रिय परिचय पत्रको फारम समेत भरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–महालेख�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २८–जन्तेढ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २७–अलपत्र �... ... ...
सविना अछामे–खोटाङ, असार २६–दिप्रुङ चुइचुम्मा �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित