नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २३–बिहान छ बजेर ५० मिनेट जादा चीनको तिब्बत प्रान्तको सिगात्से आसपास केन्द्र विन्दु भएर गएको सात रेक्टरस्केलको भूकम्पले नेपालमा कुनै मानवीय र भौतिक क्षति नभएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले अहिलेसम्म मानवीय तथा भौतिक क्षति भएको विवरण नआएको बताएका हुन् ।
उनका अनुसार देशभर प्रहरी परिचालन गरेर घटनाको जानकारी सङ्कलन भइरहेको छ ।
भूकम्प गएको क्षेत्र दक्षिण नेपालको सङ्खुवासभा, ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसंग सीमा जोडिएको छ । भूकम्पले सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह«थुम, धनकुटा, इलाम, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, सिंधुली, काभ्रेपलान्चोक, काठमाडौं लगायतका देशका विभिन्न ठाउँहरूमा धक्का दिएको थियो । भूकम्प केन्द्रविन्दु भएको ठाउँ नेपालको पूर्वी दक्षिणक्षेत्रबाट करिब एक सय किलोमिटर टाढा पर्छ । ६ देखि ८ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली मानिन्छ । नेपालको गोरखा केन्द्रविन्दु भएर २०७२ बैशाख १२ गते गएको भूकम्प सात दशमलव छ रेक्टर स्केलको थियो । केही समयदेखि नेपालमा साना–साना भूकम्प निरन्तर गइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित