दिक्तेलमा ऐचो पैचो सहुलियत पसल

  • प्रकाशित मितिः चैत्र २०, २०७५
  • 1605 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, चैत २०–दिक्तेलमा ऐचो पैचो सहुलियत पसल सुरु भएको छ । किसानले उत्पादन गरेका विभिन्न उत्पादनको बजारीकरण र उपभोक्ताहरुलाई सहज तुल्याउ“न उक्त पसल सञ्चालन गरिएको हो ।
जिल्ला सहकारी संघ खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको साझेदारीमा उक्त पसल सञ्चालन गरिएको हो । ६२ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा बुधबार उक्त पसल उद्घाटन गरिएको हो । उक्त पसल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले उद्घाटन गरेका हुन् ।
उक्त पसलमा उपप्रमुखसंग महिला कार्यक्रमको पा“च लाख लगानी भएको नगरप्रमुख रिजालले सुनँए । उक्त पसलका लागि जिल्लास्थित विभिन्न सहकारीहरु सहित जिल्ला सहकारी महासंघको २० लाख रुपैया“ सङ्कलन भएको जिल्ला सहकारी संघका अध्यक्ष अनिल जोशीले बताए । जिल्लामा उत्पादन हुने विभिन्न कृषिजन्य तथा अन्य उत्पादन लगायत उपभोग्य वस्तु उक्त पसलमा राखिएको छ ।
किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरणका लागि यो पसल खोलिएको नगरप्रमुख रिजालले सुनाए । ‘कृषिजन्य तथा अन्य उत्पादनको बजारीकरणका लागि यो पसल सञ्चालन गरिएको हो ।’ नगरप्रमुख रिजालले भने–‘अन्य ठाउ“मा पनि यस्तो पसल खोलिने छ ।’ रिजालले थपे–‘अब किसानले उत्पादन गरेका कृषिजन्य वस्तु खेर जाने छैन ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित