बाबु छोराको हत्या परिवारकै सदस्यबाट भएको खुलासा

  • प्रकाशित मितिः पुस ९, २०८१
  • 476 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस ९–जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख कुलप्रसाद आचार्य र उनका छोरा प्रवीण आचार्यको हत्या परिवारकै सदस्यले गरेको खुलासा भएको छ । आचार्यका जेठो छोरा २५ वर्षीय मिलन आचार्यले बुवा र भाइको हत्या आफूले गरेको प्रहरीसमक्ष बताएका हुन् ।
पुस ९ गते विहान महाराजगन्जस्थित प्रहरी बृत्तमा पुगेर आत्म समर्पण गरेका आचार्यले बुवा र भाइको हत्या आफूले गरेको स्वीकारेको प्रहरी श्रोतले जनाएको छ । उनले डम्बल र सिलौटा प्रयोग गरी बुवा र भाइको हत्या गरेको स्वीकारेका हुन् । सूर्यबिनायक नगरपालिका–२ स्थित बालकोटमा डेरागरी बसेको ठाउँमा बुवा कुलप्रसाद र भाइ प्रवीणको हत्या गरी मिलन फरार थिए । मिलनको प्रहरीले खोजी गरिरहेको बेला महाराजगन्ज प्रहरी बृत्तमा समर्पण गरेको प्रहरीले जनाएको छ । मिलनले तनावले मन अस्थिर हुदा बुवा र भाइको हत्या गरेको प्रहरीसामु बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित