सविना अछामे–
खोटाङ, पुस ३–जिल्लामा स्वास्थ्य उपचार राम्रो नहुदा मङ्गोमा हेलिकोप्टर चार्टर गरेर अन्यत्र जानु पर्ने वाध्यता कायमै छ । जटिल किसिमका विरामीले हेलिकोप्टर चार्टर गरेर सुविधा सम्पन्न अस्पतालमा जानु पर्ने वाध्यता भएको हो ।
उच्च रक्तचापले थलिएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा तालखर्कका रामकाजी पुरी, कुकुरले टोकेर घाइते भएकी साकेला गाउँपालिका–१ बाझेच्यानडाडा सेखुवाकी तुलसा बुढाथोकीलाई पुस ३ गते तीन लाख ८० हजार रूपैयाँ तिरेर हेलिकोप्टर चार्टर गरी काठमाडौं लगिएको छ ।
जिल्लामा सुविधा सम्पन्न अस्पताल नहुदा गरिवका लागि त्यसै मर्नु पर्ने अवस्था आएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ का गंगाबहादुर विश्वकर्माले बताएका छन् । यो समस्या समाधानका लागि जिल्लास्थित राजनीतिक दलका नेतृत्वहरूले ध्यान दिनु पर्ने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ का वडाअध्यक्ष ध्रुबविक्रम राईको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ ९–दुर्गाजयन्ती राई चिर�... ... ...
सविना अछामे–खोटाङ, माघ ९–विद्यार्थी नेता प्रत�... ... ...
सविना अछामे–खोटाङ, माघ ६–माओवादी केन्द्र युवा ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–‘मुन्दु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–दिक्तेल र�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित