(कविता) लडाइ

  • प्रकाशित मितिः चैत्र १९, २०७५
  • 1401 पटक पढिएको
  • संवादताता

अमर श्रेष्ठ ‘प्यासी’–
प्रिय कमरेड
हिजो तिमी हामी
भेडीगोठमा, साधेको गुन्द्रुकसंग मकै खादै
चौरी गोठमा, तात्तातो कोदाको ढिडो
गुन्द्रुक भटमासको झोलमा चोप्दै
कुरा गथ्र्यौ वर्गीय, जातीय युद्धको
लैंगिक समानताको
अनि
सामन्तवाद र पूजीवादको
त्यतिबेला न तिमीले कुर्सीको कुरा गथ्र्यौं
न उसले खाडीको तातो घामको कुरा गथ्यौं
कुरा हुन्थ्यो त केवल
परिवर्तनको
किन कि
उसको तिम्रो र मेरो सपना एउटै थियो
तर आज
त्यो ठाउ“मा पुगेपछि
बिर्सियौ गुन्द्रुक र ढिडो
बिर्सियौं मकै भटमास
अनि साथीसंगी
बोकेका झोला अनि देखेका सपनाहरु
हिजो तिम्रो छातीमा हानेको गाली छेक्ने मान्छे म
आज उमेर पुगेन
हिजो तिम्रो पैतालाको बम टिप्दा
बेरिङ र छर्राहरु बोक्ने मान्छे
अयोग्य भए
हामीसंगै हिडेको
एक्लै ३२–३२ जना दुस्मन सिध्याउने ती शाहसी पवन
नेपाली एअरपोर्ट चेकिङ छल्दै
शरीरभरि बमका छर्रा बोकेर
श्रम बेच्नु परेको छ खाडी मुलुकमा
गाउ“–गाउ“बाट उठ, बस्ती–बस्तीबाट उठ भन्दै
जुरुक् जुरुक् बनाउने सन्जीव
३–३ पटक किरिया सकिएर पनि
१४ वर्षको उमेरदेखि
ज्यान माराको उपनाम पाएर हिडिरहेको छ
ठूलकुमार दिलकाजी कविताहरु
छोरा–छोरीहरुलाई टुहुरो बनाएर
बाबु–आमाको कोख रित्याएर
फ्रेम भित्ताहरुमा सजिएका छन्
अनि तिमी ठूला–ठूला
उद्योगहरु खोलिरहेछौ
निजी विद्यालय र हस्पिटलहरु खोलिरहेछौ
अनि कुर्सीमा घुमिरहेका छौ
के हिजो हामी यसक निम्ति लडेका थियौ त ?
हामी त आखिर लड्न न जन्मेका रहेछौ
हिजो पनि तिमीसंगै लडयौ
अब पनि तिमीसंगै लड्छौ
फरक यति हो
हिजो तिमीलाई बचाउन लडयौ
आज तिमीलाई...लडछौं ।
प्रकाशित मिति २०७५ चैत १९

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित