नेपाल पत्रकार महासंघ खोटाङ शाखाको सबै पदमा परेको उम्मेद्वारी निर्विरोध निर्वाचित भएको घोषणा

  • प्रकाशित मितिः मंसिर २७, २०८१
  • 673 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २७–नेपाल पत्रकार महासंघ खोटाङ शाखाको सातौ जिल्ला अधिवेशनमा हरिबोल आचार्यको नेतृत्वमा परेको उम्मेद्वारी निर्विरोध भएको घोषणा गरिएको छ । निर्वाचन समितिले मङ्सिर २७ गते निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
प्रथम उपाध्यक्षमा चिसाङ शेर्पा, महिला उपाध्यक्षमा सविना अछामे, सचिवमा राजकुमार भट्टराई सर्गम, सहसचिवहरूमा खुलातर्फ मनोज आचार्य, समावेशीमा राजन ठटाल, कोषाध्यक्षमा उजुर राईको निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै सदस्यहरूमा महिला सदस्य कृष्णकला राई, आदिवासी जनजाति सदस्य सुनिल श्रेष्ठ, अन्य सदस्यहरूमा खिलन राई र सन्तोष पौडेल गरी ११ जनाको जिल्ला कार्यसमिति निर्विरोध घोषित भएको हो ।
केन्द्रीय परिषद सदस्यमा दिलीप खत्री, प्रदेश परिषद सदस्यमा केदार मगर, उत्तम चौलागाई र लोकमणि रिजालको निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत कृष्ण आचार्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित