नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २७–जिल्लामा अलैचीबाट ५२ करोड ६६ लाख रूपैयाँ बढी भित्रिएको छ । जिल्लाका विभिन्न स्थानीय तहहरूमा उत्पादन भएको अलैची निकासीबाट ५२ करोड ६६ लाख रूपैयाँ जिल्ला भित्रिएको हो ।
अलैची व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष प्रेमकुमार राईका अनुसार प्रतिमन ८६–८७ हजार रूपैयाँका दरले अलैची खरिद विक्री भएको छ । यसमा सबैभन्दा बढी केपिलासगढी गाउँपालिकामा अलैची बिक्रीबाट २१ करोड ५० हजार भित्रिएको छ । त्यस्तै खोटेहाङ गाउँपालिकामा ११ करोड ३१ लाख, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ६ करोड ९० लाख, ऐसेलुखर्क गाउँपालिकामा चार करोड एकतीस लाख, साकेला गाउँपालिकामा चार करोड तीस लाख, जन्तेढुङ्गा गाउँपालिकामा दुई करोड नौ लाख र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुई करोड आठ लाख गरी ५२ करोड ६६ लाख रूपैयाँ भित्रिएको राईले बताएका छन् । यो वर्ष अघिल्लो वर्षको तुलनामा करिब ४० प्रतिशतले अलैची उत्पादन घटेको राईले बताएका छन् ।
यो वर्ष बजारमा खोटाङको अलैची प्रतिमन एक लाख पाँच हजार रूपैयाँसम्ममा बिक्री भएको राईले बताएका छन् । खोटाङको अलैची झापा हुदै भारतको ट्रेडमार्क मार्फत अन्तर्राष्ट्रिय बजारमा जाने गरेको राईको भनाई छ ।
यो वर्ष जिल्लामा १३ हजार पाँच सय ५० मन अलैची उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताएका छन् । राईका अनुसार जिल्लामा एक हजार ६४ हेक्टर जमिनमा अलैची उत्पादन हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ ९–दुर्गाजयन्ती राई चिर�... ... ...
सविना अछामे–खोटाङ, माघ ९–विद्यार्थी नेता प्रत�... ... ...
सविना अछामे–खोटाङ, माघ ६–माओवादी केन्द्र युवा ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–‘मुन्दु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–दिक्तेल र�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित