सविना अछामे–
खोटाङ, मङ्सिर २२-नेर्पा स्पोर्टस् क्वलले आगामी माघ २० देखि २६ गतेसम्म नेर्पाको संसारीडाडाँ खेलमैदानमा तेश्रो नेर्पा भुलभुले अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । मङ्सिर २२ गते दिक्तेलको शुभदिन होटलमा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो ।
प्रतियोगिताको विजेता टिमले दुई लाख रूपैयाँ नगद, ट्रफी र मेडल पाउने छ । उपविजेताले एक लाख नगद, ट्रफी र मेडल पाउने छ । सेमिफाइनलिष्ट दुई टिमलाई समेत नगद ४०÷४० हजार रूपैयाँका दरले दिइने नेर्पा स्पोर्टस् क्वलका अध्यक्ष शरद राईले बताएका छन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई दश हजार नगद, ट्रफी र मेडल, हाइस्कोररले सात हजार नगद, ट्रफी र मेडल पाउने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फर्वार्ड, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले जनही पाँच हजार नगद, ट्रफी र मेडल पाउने आयोजकले जनाएको छ । मेन अफ दी म्याच र फेन अफ दी म्याच स्वरुप नगद एक हजार दिइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहनेले सात हजार पाँच सय प्रवेश शुल्क सहित माघ १८ गतेभित्र टिम दर्ता गराई सक्नु पर्ने छ । एक टिममा १४ खेलाडी, एक व्यवस्थापक र एक प्रशिक्षक सहित १६ जना हुनु पर्ने प्रावधान राखिएको नेर्पा स्पोर्टस् क्लवका महासचिव विरेन गुरुङले बताएका छन् । पत्रकार सम्मेलन जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई महेशको प्रमुख आतित्थ्यमा भएको हो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ ९–दुर्गाजयन्ती राई चिर�... ... ...
सविना अछामे–खोटाङ, माघ ९–विद्यार्थी नेता प्रत�... ... ...
सविना अछामे–खोटाङ, माघ ६–माओवादी केन्द्र युवा ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–‘मुन्दु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–दिक्तेल र�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित