साकेला गाउँपालिकामा पौने तीन करोडको सुविधा सम्पन्न विद्यालय भवन शिलान्यास

  • प्रकाशित मितिः मंसिर २१, २०८१
  • 241 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २१–साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माविमा पौने तीन करोडको लागतमा निर्माण हुने भवनको शिलान्यास गरिएको छ । बृटिस गोर्खा वेलफेयरको दुई करोड ८५ लाख ५८ हजार एक सय ३३ रूपैयाँको लागतमा सम्पन्न हुने गरी निर्माण हुन लागेको भवनको मङ्सिर २१ गाउँपालिका अध्यक्ष रविप्रकाश राईले शिलान्यास गरेका हुन् ।
बृटिस गोर्खा वेयलफेयरले सुविधा सम्पन्न १२ कोठे भवन १८ महिनाभित्र सम्पन्न गरेर विद्यालयलाई हस्तान्तरण गरिने छ । कक्षाकोठा अभाव झेरिरहेको उक्त विद्यालयका लागि सुविधा सम्पन्न भवन ब्रिटिस गोर्खा वेलफेयरले उपलब्ध गराएपछि खुसी लागेको अध्यक्ष राईले बताए ।
उक्त भवन आगामी २०८२ असार १४ गते सम्पन्न हुने सम्झौतामा उल्लेख छ । विद्यालयको पूर्वतर्फ रहेको लामो पुरानो विद्यालय भवन र त्यस अगाडिको दुई कोठे भवन भत्काएर उक्त भवन निर्माण थलिएको प्रधानाध्यापक शितल राईले बताइन् । नयाँ विद्यालय भवनको साथमा पुराना भवनहरू मर्मत, ६ कोठे अपाङ्ग तथा महिलामैत्री शौचालयको समेत निर्माण हुने राईले बताइन् । यसका साथै ६० जोर डेक्सबेञ्च, फोहोरमैला व्यवस्थापन गर्ने ठाउँ, खानेपानी ट्याङ्की, धारा पनि बन्ने राईले बताइन् ।
भवन शिलान्यासमा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, गाउँपालिका प्रवक्ता तथा ५ नम्बर वडाका वडाध्यक्ष जीवन खत्री न्यौपाने, वडा नं १ का वडाध्यक्ष हेमन राई, पालिका पूर्वउपाध्यक्ष सरीता खड्का लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित