नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २०–ऐतिहासिक मझुवागढीमा आयोजित कार्यक्रमका सहभागीहरूले मझुवागढीमाथिको अतिक्रमणले गढीको अस्तित्व संकटमा पर्दै गएको गुनासो गरेका छन् । मझुवागढी संरक्षण समितिले मङ्सिर १९ गते आयोजित सर्वदलीय–सर्वपक्षीय छलफलका सहभागीहरूले पम्पिङ प्रविधिको खानेपानी आयोजना, सशस्त्र प्रहरी बल लगायतले गढी अतिक्रमण गर्दा त्यसले गढीको अस्तित्व संकटमा परेको गुनासो गरेका हुन् ।
किरात ऐतिहासिक मझुवागढीमा रहेको चुला भाँचिएपछि त्यससम्वन्धी छलफल गर्न आयोजना गरिएको भेलाका सहभागी जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरोकारवालाहरूले मेवाखोला दोभान साप्सु कालिका देविथान लिफ्टिङ खानेपानी आयोजनाको ट्याङ्की गढीकै बङ्करभित्र बनाइएको, सशस्त्र प्रहरी बल हलेसी गुल्मले गढीको जग्गा अतिक्रमण गरेको लगायतका गुनासो गरेका छन् ।
छलफलमा एमाले अध्यक्ष देवविक्रम राईले खानेपानी ट्याङ्की निर्माणले मझुवागढीको अस्तित्व संकटमा पारेकाले अन्यत्र सार्न पर्ने बताएका छन् । यसका साथै सशस्त्र प्रहरी बल हलेसी गुल्मले गढीक्षेत्र अतिक्रमण गरेर तारबार लगाएकाले त्यसलाई हटाउनु पर्ने राईको भनाई छ ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले मझुवागढी संरक्षण नभएकोप्रति दुःख व्यक्त गरेका छन् । गढी संरक्षण सबै पक्ष नलागी असम्भव भएको धारणा राखेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङका युवा नेता आशिष थापाले मझुवागढी किराती समुदायको मात्र नभई सबै धर्म समुदायका भएकाले यसको संरक्षण जुट्नु पर्ने धारणा राखेका छन् । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष निर्मल राईले राज्यको विभेदकारी व्यवहारले मझुवागढीको संरक्षणमा कठिनाई भएको गुनासो गरेका छन् । नेकपा माओवादी विप्लव समूह खोटाङका जिल्ला नेता सुदिप शर्माले गढी संरक्षणमा सबै पक्ष जुट्नु पर्ने बताएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष फुर्बा शेर्पाले मझुवागढी संरक्षणमा सम्वन्धित समुदाय तथा राज्यको भूमिका रहने बताएका छन् । किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले किराती समुदायलाई हेपेर गढी अतिक्रमण गरेको बताएका छन् । सहमति विपरित खानेपानी ट्याङ्की बनाएर गढीलाई क्षति पु¥याएको, सशस्त्र प्रहरी बल हलेसी गुल्मले गढीक्षेत्रमा अतिक्रमण गरी तारबार लगायतको किरातको भनाई छ ।
छलफलमा सहभागी संस्कृति विद्हरू प्रश्नराज राई, जसराज किराती लगायतले गढीको अस्तित्व समाप्त पार्ने गरी गतिविधि भइरहेको गुनासो पोखेका छन् । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले सबै धर्म संस्कृति समान भएकाले यसको संरक्षणका लागि सबै जुट्नु पर्ने धारणा राखेका छन् ।
छलफलमा खानेपानी आयोजनाको पाइप ढुवानी गर्ने क्रममा अन्जानबस ऐतिहासिक मझुवागढीमा रहेको तीनमध्ये एउटा चुला भाँचिएको निष्कर्ष निकाल्दै त्यसलाई तत्काल पुनःनिर्माण गर्ने सहमति भएको छ । किरात संस्कृति अनुसार चुला गाड्दा लाग्ने खर्च उक्त खानेपानी आयोजनाले ब्यहोर्ने सहमति भएको मझुवागढी संरक्षण समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका पूर्व प्रमुख बबि चाम्लिङले बताएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ, ४ खाल्ले र ५ लफ्याङबासीलाई खानेपानी पु¥याउने उद्देश्यले संघीय सरकारको ५४ करोड ६७ लाख ९० हजार सात सय १६ रूपैयाँको लागतमा २०८२ साउन २३ गतेभित्र सक्ने गरी मृत सन्जिवनी–सगरमाथा जेभीले लिएको हो ।
विस्तृतमा भिडिओ हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ ९–दुर्गाजयन्ती राई चिर�... ... ...
सविना अछामे–खोटाङ, माघ ९–विद्यार्थी नेता प्रत�... ... ...
सविना अछामे–खोटाङ, माघ ६–माओवादी केन्द्र युवा ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–‘मुन्दु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–दिक्तेल र�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित