पूर्व विद्यार्थीहरूद्वारा अक्षयकोष स्थापना

  • प्रकाशित मितिः मंसिर 18, 2081
  • 1203 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सिर १८–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित साबित्रा माविका पूर्व विद्यार्थीहरूले अक्षयकोष स्थापना गरेका छन् । शैक्षिक सत्र २०६४ सालमा एसएलसी दिएका १५ जना विद्यार्थीले एक लाख ३६ हजार नौ सय २८ रूपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।
उक्त व्याजमा अध्ययनरत रेखा रम्तेलले पाँच हजार ५५ रूपैयाँ, ओशनबाबु सुवेदी पाँच हजार, तोया राई २१ हजार, रविन्द्रनाथ भण्डारी दश हजार, हिमाल भट्टराई दश हजार, तारा खतिवडा खनाल पाँच हजार, हिराधन राई २७ हजार सात सय ७३ रूपैयाँ ७७ पैसा, पुष्पा राई (उषा) पाँच हजार, नवराज थापा सात हजार ९९ रूपैयाँ ६५ पैसा, पर्शुराम थापा ’आशिष’ पाँच हजार, केशव कटवाल दश हजार, सन्तोष मगर (निरकाजी) दश हजार, सर्मिला कटवाल पाँच हजार, पूर्णीमा राई (नुमा) पाँच हजार र दीपेन्द्र थापाले ६ हजार रूपैयाँ अक्षयकोषका लागि उपलब्ध गराएको रम्तेलले बताइन् ।
उक्त अक्षयकोषले विद्यालयको क्षमता विकासमा सहयोग पु¥याउने, विद्यार्थीको क्षमता विकासका लागि विद्यालयलाई आवश्यक भौतिक सामग्री खरिदमा खर्च गरिने अक्षयकोष स्थापना गर्ने मध्येकी पूर्व विद्यार्थी तथा वडा सदस्य समेत रहेकी रेखा रम्तेलले बताइन् । ‘अक्षयकोषको सावा बैंकमै रहन्छ, त्यसको ब्याजबाट विद्यालयलाई आवश्यक सामग्री खरिद र अतिरिक्त क्रियाकलापमा खर्च हुन्छ’ रम्तेलले भनिन् ।
वडा नं ३ का वडाअध्यक्ष महेन्द्र राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाकी कार्यपालिका सदस्य मिना कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल राई, निमित्त प्रअ टंकप्रसाद भण्डारी लगायतको उपस्थितिमा उक्त अक्षयकोष हस्तान्तरण गरिएको रेखा रम्तेलले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित