३५ दिनभित्र सिसाजन्य वस्तु व्यवस्थापन नगरे नगरक्षेत्रमा सिसाजन्य बोतल आयातमा प्रतिबन्ध लगाइने (भिडिओ सहित)

  • प्रकाशित मितिः मंसिर १७, २०८१
  • 202 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सिर १७–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ३५ दिनभित्र सिसाजन्य वस्तु व्यवस्थापन नगरे सिसाजन्य बोतल आयातमा प्रतिबन्ध लगाउने जनाएको छ । नगरपालिका क्षेत्रको पर्यावरणलाई स्वच्छ र सफा राख्न, पेय पदार्थ आयत गर्ने व्यक्ति, पसल, कम्पनी वा डिलरलाई ३५ दिनभित्र व्यवस्थापन नगरे सिसाजन्य बोतल आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने जनाउ दिएको हो ।
मङ्सिर १३ गतेको नगरकार्यपालिका बैठकले नगरको स्वीकृत नीति तथा कार्यक्रम, फोहरमैला व्यवस्थापन ऐन २०६८ र फोहरमैला व्यवस्थापन नियमावली २०७० लाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेकाले त्यसअनुसार अनुरोध गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए । फोहरमैला व्यवस्थापन ऐन २०६८ र फोहरमैला व्यवस्थापन नियमावली २०७० मा फोहरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायले नै फोहरमैला व्यवस्थापन गर्नु पर्ने उल्लेख छ ।
यसबारे पटक–पटक छलफल र पत्राचार समेत गरिसकेकाले मङ्सिर १४ गतेदेखि लागू हुने गरी ३५ दिनभित्र व्यवस्थापन नगरिए शिशाजन्य बोतललाई नगरपालिकामा पूर्णरूपले प्रतिबन्द्ध गरिने समेत भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित