घर तरुलको फाइदा

  • प्रकाशित मितिः चैत्र १८, २०७५
  • 3690 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, चैत १८–घर तरुल प्राय सबैले उपभोग गर्दै आएको खाद्य पदार्थ हो । तर यसले के फाइदा गर्छ भन्ने सबैलाई थाहा नहुन सक्छ । यसले स्वास्थ्यका लागि धेरै फाइदा गर्छ । कोरिया र जापानमा यसलाई आयुर्वेदिक औषधीको रुपमा प्रयोग गरिन्छ । नेपालमा यसको औषधीय गुण थाहा नभए पनि उपभोग भने गर्दै आएका छन् ।
तरुलका फाइदाहरु 
१) छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याको लागि राम्रो गर्छ । यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पा“चन प्रक्रियासम्बन्धी समस्याको लागि उपयुक्त मानिन्छ ।
२) यसमा भिटामिन बी ६ प्रशस्त मात्रामा पाइन्छ । जसले मुटुसम्बन्धी समस्या हुनबाट जोगाउ“छ ।
३) यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसंग लड्न सहयोग गर्दछ ।
४) तरुल खानाले मस्तिस्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउ“ने अनुसन्धानले देखाएको छ ।
५) यसमा पर्याप्त मात्रामा कार्वोहाइड्रेट पाइने भएकाले यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित