नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर १५–बालाचतुर्दशीको अवसरमा जिल्लाका विभिन्न धार्मिक स्थलहरूमा तीर्थालुको भीड लागेको छ । हलेसी, कालिका भगवती, बराहापोखरी, होङ्मा पोखरी, भानुमती लगायतका जिल्लाका विभिन्न धार्मिक स्थलहरूमा तीर्थालुको भीड लागेको हो ।
हलेसीमा नेपाल लगायत विभिन्न मुलुकका तीर्थालुहरूको घुइचो लागेको छ । हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार नेपाल बाहेक अमेरिका, चीन, भुटान, सिंगापुर लगायत गरी १६ हजार तीर्थालुले मङ्सिर १५ गते हलेसीको दर्शन गरेका हुन् । यातायात सुविधा, प्रचार–प्रसार लगायतका कारण हलेसीमा तीर्थालुको संख्या सालैपिच्छे बढ्दै गएको गिरीले सुनाए । गत वर्ष ११ हजार तीर्थालुले हलेसीको दर्शन गरेको गिरीको भनाई छ ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राई, उपप्रमुख रमेश राउत, पूजारी, हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष दिलीपराजा गिरी, सचिव अग्निराज राई, कोषाध्यक्ष पवन परियार लगायतले हजारौ भक्तजनको उपस्थितिमा बाजागाजा सहित मङ्सिर १५ गते विहान साडे ७ बजे शिवलिङ्ग पहिराइएको गिरीले सुनाए । विश्व प्रशिद्ध हलेसी हिन्दू, बौद्ध र किरात गरी त्रिधार्मिकस्थलको रूपमा परिचित छ ।
त्यस्तै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र कालिका भगवती, बुद्धेश्वर गुफामा शतविऊ छर्नेहरूको भीड लागेको छ । मृतात्माको चीर शान्तिको कामना गर्दै शतविऊ छर्ने परम्परा छ । यसबाहेक बराहापोखरी, होङ्मा पोखरी, भानुमति लगायतका जिल्लाका विभिन्न धार्मिकस्थलहरूमा समेत बालाचतुर्दशीको अवसरमा मेला लागेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २९–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २८–जेन–जी ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २४–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १९–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १८–दुई करोड ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित