आङ खसेका महिलाको उपचार

  • प्रकाशित मितिः मंसिर ११, २०८१
  • 90 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ११–केपिलासगढी गाउँपालिकाले आङ खसेका महिलाहरूको उपचार गरेको छ । उक्त गाउँपालिकाका ३२ आङ खसेका महिलालाई बनेपास्थित शीर मेमोरियल अस्प्तालमा पु¥याएर उपचार गरेको हो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम आचार्यका अनुसार १९ जनाको आज मङ्सिर ११ गते शल्यक्रिया गरिएको छ । अन्य सात जनाको दोश्रो स्टेज भएकाले रिङप्रेसरी र औषधीले नै ठिक हुने भएकाले शल्यक्रिया गर्न नपरेको आचर्यले सुनाए । अरु दुई जनालाई मधुमेह, एक जनालाई उच्च रक्तचाप र एक जनालाई मुटु रोग देखिएकाले शल्यक्रिया गर्न नसकिएको आचार्यको भनाई छ ।
उक्त गाउँपालिकाले गत जेठमा ६५ जना आङ खसेका महिलाको पहिचान गरेको थियो । यसमध्ये ३२ बाहेक अन्यले भने उपचार गर्न नमानेको आचर्यले बताएका छन् । उपचारका लागि विरामी र एक जना कुरुवाका लागि जाने–आउने तथा खाने–बस्ने खर्च गाउँपालिकाले खेपेको र अस्पतालमा लाग्ने सम्पूर्ण उपचार तथा अन्य खर्चका लागि शीर मेमोरियल अस्पताल र सामुदायिक सेवा प्रतिष्ठानले ब्यहोरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित