नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ८–हलेसीमा मङ्सिर ८ गते सुरु खुला महिला फुटबल प्रतियोगितामा आयोजक र प्रगतिशील सेवा समाज बाहुनीडाँडाले विजयी यात्रा तय गरेका छन् । हलेसीस्थित ‘बसाहाथान खेलमैदान’मा भएको पहिलो खेलमा साकेला सिली समूह सल्लेलाई २–१ आयोजकले र दोस्रो खेलमा कात्तिके युवा क्लब (केवाइसी)लाई ३–० ले हराउदै प्रगतिशील सेवा समाज बाहुनीडाँडाले विजयी यात्रा तय गरेको हो ।
प्रतियोगिताको तेस्रो खेल आइतबार बिहान ७ बजेबाट सुरु हुने छ । तेश्रो खेल सरस्वती माध्यमिक विद्यालय अर्खौले र पद्मा स्पोर्टस् क्लब ओखलढुङ्गा बीच हुने छ । चौथो खेल हलेसी तुवाचुङ नष्रपालिका–७ महादेवस्थान (ए) र रिनेबल फुटबल क्लब ओखलढुङ्गा बीच हुने खेल प्रशिक्षक मिलन कसजूले बताए ।
लैङ्गिक हिङ्साविरूद्धको १६ दिने अभियानको अवसरमा पारेर ‘मेरो गोल, लैङ्गिक हिंसाविरूद्धको बोल’ नारासहित हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा विभिन्न जिल्लाका १६ टिम सहभागी छन् । उक्त प्रतियोगिताको कोसी प्रदेश सरकारका भौतिक पूर्वाधार र स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शनिबार उद्घाटन गरेका हुन् । प्रतियोगिताको विजेताले नगद एक लाख दश हजार एक सय ११ रूपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपविजेताले ५५ हजार पाँच सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । सेमिफाइनलिस्ट दुई समूहलाई जनही २२ हजार दुई सय २२ रूपैयाँ सहित प्रमाणपत्र पाउने छ । विद्यागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई एक हजार पाँच सय ५५ तथा विद्यागततर्फ अन्य खेलाडीलाई जनही एक हजार एक सय ११ रूपैयाँका दरले पुरस्कृत गरिने कसजूले बताए । खेलको फाइनल मङ्सिर १० गते हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २३–रावा�... ... ...
सविना अछामे– खोटाङ, मङ्सिर २२-नेर्पा स्पोर्टस् क... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २१–साके�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०–ऐतिह�... ... ...
दिनेश चाम्लिङ–खोटाङ, मङ्सिर १८–खोटेहाङ गाउँप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित