खोटाङमा आगलागीमा परी शिक्षिका घाइते

  • प्रकाशित मितिः मंसिर ८, २०८१
  • 188 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ८–आगलागीमा परी एक शिक्षिका घाइते भएकी छन् । केपिलासगढी गाउँपालिका–१ फेदी सुम्देस्थित ध्वजमान राईको घरमा मङ्सिर ८ गते विद्युत सर्ट भएर आगलागी हुदा स्थानीय पञ्चकन्या आधारभूत विद्यालयकी शिक्षिका ३५ वर्षीया गीता चौधरी घाइते भएकी हुन् ।
विहान करिब साडे ११ बजेतिर आगलागी हुदा सप्तरी डाक्नेश्वरी नगरपालिका–८ की चौधरीको अनुहार, टाउको र शरीरमा आगोले चोट लागेको छ । उनको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधार हुदै गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले बताए । उनी आगलागीबाट सामान निकाल्ने क्रममा घाइते भएको प्रहरीले जनाएको छ ।
आगलागीमा ढुङ्गा माटो काठले बनेको टिनको छानो भएको दुई तल्ले घरको आधा भाग, चौधरीको मोबाइल, ल्यापटप, लत्ताकपडा, कागजपत्र, भाडावर्तन र घर धनीको टिभी, सुनको औंठी, नगद ६ हजार, लत्ताकपडा, भाडावर्तन, अन्नपात गरी करिब सात लाख दश हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित