मानवअधिकार रक्षकहरुलाई नै दबाब

  • प्रकाशित मितिः चैत्र १८, २०७५
  • 1189 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, चैत १८–एक कार्यक्रमका सहभागीहरुले मानवअधिकार रक्षकहरुलाई काम गर्न असहज भएको गुनासो गरेका छन् । सोमबार दिक्तेलमा आयोजित मानव अधिकारको अवस्था तथा मानव अधिकार रक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रममा त्यस्तो गुनासो गरेका हुन् ।
मानवअधिकारकर्मी महिलाहरुले महिला लगायतका अन्य पीडितको पक्षमा वकालत गर्दा दबाब आउने गरेको बताएका छन् । राजनीतिक, सामाजिक तथा अन्य प्रकारका दबाबले पीडितहरुका पक्षमा वकालत गर्न समस्या भएको महिला अधिकारकर्मी जयन्ती राईले बताइन् । त्यस्तै दलितबारे संविधानमा उल्लेखित अधिकारहरु कार्यान्वयनमा नआएको महिला तथा दलित अधिकारकर्मी रश्मी रसाइलीले बताइन् । ‘गाउ“मा बाली घरेप्रथा, छुवाछुत तथा दलितहरुमाथि अन्य विभिन्न खाले विभेद कायमै छ ।’ रसाइलीले भनिन्–‘संविधानमा उल्लेख भए पनि कार्यान्वयनमा आएको छैन ।’ उनले थपिन्–‘यस्तो विभेद शिक्षित भनाउ“दाहरुबाटै हुने गरेको छ ।’
जेष्ठ नागरिकहरुको सवालमा राज्यले सुविधा दिने घोषणा गरे पनि त्यसको प्रत्याभूति नभएको कार्यक्रममा जेष्ठनागरिकहरुले गुनासो गरेका छन् । यातायात, स्वास्थ्य तथा अन्य निकायमा जेष्ठ नागरिकलाई सुविधा दिने उल्लेख भए पनि व्यावहारमा त्यस्तो नभएको जेष्ठ नागरिकका अगुवा दुर्गाप्रसाद घिमिरेले बताए । यसबाहेक संविधानमा उल्लेखित शिक्षा, स्वास्थ्य लगायतका मौलिक हकसम्वन्धी व्यवस्थाहरुको समेत अनुभूति हुन नसकेको सहभागीहरुले बतँएका छन् । यसका लागि राष्ट्रिय मानव अधिकार आयोगले पहल गर्नु पर्ने सहभागीहरुले माग राखेका छन् । राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेद भट्टराईले मानवअधिकार आयोगले सकेसम्म यी अधिकारहरु सुनिश्चित हुने गरी सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित