नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ७–‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ को तयारीमा सुरु गरिएको छ । पुस १७ गते औपचारिक रूपमा सुरु हुने मुन्दुम ट्रेल भ्रमण २०२५ का लागि विभिन्न महोत्सवहरू समेत आयोजना गर्ने तयारी सुरु गरिएको हो ।
भ्रमण वर्षको अवधिमा करिब एक लाख पर्यटक भित्राउने गरी मुन्दुम भ्रमण वर्ष २०२५ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । यसका लागि मैयुङ ट्याम्के साल्पासिलिचुङ पर्यटन प्रबद्र्धन केन्द्रको संयोजकत्व र मुन्दु ट्रेल भ्रमण वर्ष २०२५ मूल व्यवस्थापन समितिको आयोजनामा मङ्सिर ५ गते बैठक बसी विभिन्न स्थानीय तहहरूलाई मुन्दुम ट्रेलसंग जोडिएका आ–आफ्नो क्षेत्रमा विभिन्न महोत्सव र पर्यटकीय क्रियाकलापहरूमा पर्यटन प्रबद्र्धन गर्न मद्दत गर्ने खालका मौलिक कार्यक्रमहरू समावेश गराउने निर्णय गरिएको छ ।
भ्रमण वर्षमा टेम्के मैयुङ गाउँपालिकामा गुरास तथा घोडचढी महोत्सव, फिल्म सुटिङ महोत्सव, केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ महोत्सव तथा गोठस्टे महोत्सव, साकेला गाउँपालिकामा उधौली–उभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव, भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथुन, माउन्टेन साइकिलिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सब लगायतका कार्यक्रम आयोजना गरिने राईले सुनाए । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ भव्य रूपमा आयोजनाको तयारी सुरु गरिएको छ’ राईले भने–‘मुन्दुम ट्रेल लगायत अन्य विभिन्न सांस्कृतिक पक्ष पर्यटनको भर्जिन गन्तव्य भएकाले एक लाख पर्यटक भित्राउने लक्ष्य राखिएको छ ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २३–रावा�... ... ...
सविना अछामे– खोटाङ, मङ्सिर २२-नेर्पा स्पोर्टस् क... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २१–साके�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०–ऐतिह�... ... ...
दिनेश चाम्लिङ–खोटाङ, मङ्सिर १८–खोटेहाङ गाउँप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित