खोटाङका उत्कृष्ट दुई करदाता सम्मानित

  • प्रकाशित मितिः मंसिर ७, २०८१
  • 116 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ७–जिल्लामा धेरै कर तिर्ने दुई करदातालाई सम्मान गरिएको छ । आर्थिक वर्ष २०७९÷८० मा जिल्लाभर धेरै कर बुझाउने हलेसी आयल ट्रेड एण्ड सप्लायर्स र दिक्तेल अङ्ग्रेजी आवाशीय विद्यालयलाई कर सप्ताहको अवसरमा कात्तिक ७ गते सम्मान गरिएको हो ।
जिल्लाभर सबैभन्दा बढी कर तिर्ने हलेसी आयल ट्रेड एण्ड सप्लायर्सका सञ्चालक महेन्द्र राई र कर तिर्नेमध्येका दोश्रो हुने दिक्तेल अङ्ग्रेजी आवाशीय विद्यालय दिक्तेलका प्रिन्सिपल धनकर्ण श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद कुलप्रसाद फुयाल र करदाता सेवा कार्यालय दिक्तेलकी कर अधिकृत रीतिषा गौतमले सम्मान गरेका हुन् । हलेसी आयल ट्रड एण्ड सप्लायर्सले आर्थिक वर्ष २०७९÷८० मा जिल्लाभर सबैभन्दा बढी १८ लाख ५१ हजार पाँच सय ८२ रूपैयाँ र दिक्तेल अङ्ग्रेजी आवाशीय विद्यालयले १४ लाख २२ हजार ६ सय ३१ रूपैयाँ कर बुझाएको करअधिकृत गौतमले बताइन् । त्यस्तै कर प्रशासनमा उल्लेखनीय कार्य सम्पादन गरेकामा उक्त कार्यालयमा कार्यरत नायब सुब्बा नेत्रप्रसाद बास्तोलालाई नगद पाँच हजारसहित सम्मान गरिएको छ ।
कार्यक्रममा खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्य, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित