नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २६–मृगौला रोपी पीडित एक बालकका आफन्तले सहयोगको याचना गरेका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका ११ वर्षीय राजन मुग्रातीको उपचारका लागि उनका अभिभावकले सहयोगको याचना गरेका हुन् ।
राजनको बायाँ पट्टीको मृगौला बिग्रिएपछि उपचारका लागि सहयोगको याचना गरेको उनकी आमा चन्द्रकुमारी मुग्रातीले बताइन् । ५–६ वर्षदेखि विरामी परेको र पछिल्लो समयमा सिकिस्त भएपछि कात्तिक २१ गते दिक्तेलस्थित फेमिली केयर अस्पतालमा उपचारमा लैजादा बायाँ मृगौलामा खराबी आएकाले सुविधा सम्पन्न अस्पताल लैजाने सल्लाह दिएपछि सहयोगको याचना गरेको चन्द्रकुमारीको भनाई छ । ‘मेरो श्रीमान पनि तीन वर्षअघि बित्नु भयो’ उनले भनिन्–‘बच्चा पनि विरामी भयो, उपचार गर्ने खर्च छैन, त्यही भएर सहयोग मागेको हो ।’
उनको उपचारका लागि सञ्जयकुमार राईले दश हजार एक सय ५५ रूपैयाँ कात्तिक २६ गते मृगौला रोग पीडितको घरमै गएर सहयोग गरेका छन् । ‘दसैं तिहार चेलीलाई उपहार’ अभियानमा सङ्कलन भएको एक लाख १६ हजार ३० रूपैयाँमध्ये एक लाख पाँच हजार आठ सय ७५ रूपैयाँ खर्च गरी बचेको रकम उपचारका लागि दिएको राईले बताएका छन् । अन्य सहयोग पनि जुटाउन सहयोग गर्ने राईले बताए ।
मग्राती स्थानीय महेन्द्रोदय माविमा कक्षा ५ मा अध्ययन गर्छन् । उनी तीनभाइमध्ये कान्छा छोरा हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित