नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २४–रावाबेसी गाउँपालिकामा कात्तिक २४ गते भएको आगलागीबाट दुई वटा घर जलेर नष्ट हुदा ११ लाख रूपैयाँ बढीको क्षति भएको छ । उक्त गाउँपालिका–५ दुबेकोलका वीरबहादुर गुरुङको दुई वटा घर दिउसो जल्दा ११ लाख ४ हजार बराबरको धनमाल जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार गुरुङको ढुङ्गा–माटोले बनेको फुसको छानो भएको तीन तले दुई वटा घरमा दिउसो ४ बजे लागेको आगोले उक्त धनमाल जलेर नष्ट भएको हो । डुम्रेधारापनीबाट खटिएको प्रहरी र स्थानीयले नियन्त्रणमा लिएको पोखरेलले बताएका छन् । आगो कसरी लाग्यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित