नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १७–जिल्लास्थित एक युवा सहूहले तिहारमा माइती जाने चेलीलाई निःशुल्क मोटरसाइकल सेवा दिइरहेका छन् । कात्ति १६ गते ७४ जनालाई सेवा दिएको युवाहरूले कात्तिक १७ गते पनि विहानैदेखि चेलीलाई माइती पुर्याउन जुटेका छन् ।
चाडबाड बेला गाउँ–गाउँसम्म सवारी साधनको सहज पहुँच नहुनका साथै अटो लगायतका सवारी साधनले महङ्गो भाडा अलुल्नका साथै युवाहरूलाई सिर्जनात्मक काममा प्रेरित गर्न यो अभियान सञ्चालन गरिएको अभियानका संयोजक सञ्जयकुमार राईले बताए । ‘नेपाली युवाहरू खत्तम भो बर्बाद भो भनेर मात्र बस्ने, अरुलाई गाली मात्र गर्नेे, तर सिर्जनात्मक र रचनात्मक ढङ्गले समाजलाई के योगदान ग¥यौं भन्ने पनि हामीलाई प्रश्न आउछ’ राईले भने–‘दसैं तिहारमा युवाहरू मादक पदार्थ पिउने, तासजुवा खेल्ने भएकाले चेलीहरूलाई माइती–मावलीसम्म पुर्याएर योगदान गर्नका साथै युवाहरूलाई कुलतबाट जोगाउन सन्देश समेत जाओस भनेर यो अभियान सञ्चालन गरिएको हो ।’
यो अभियान अन्तरगत कात्तिक १६ गते १५ जना युवाहरूले ३५ किलोमिटर दूरीसम्म सेवा दिएका छन् । दिक्तेल–ऐसेलुखर्क गाउँपालिका, दिक्तेल–दिप्रुङ चुइचुम्मा गाउँपालिका, दिक्तेल–साकेला गाउँपालिका लगायत नगरपालिका क्षेत्रभित्रका गरी ७४ जनालाई घरदेखि माइतीसम्म पु¥याएको राईले सुनाए ।
चेलीहरूले तिहार मनाइसकेपछि घर फर्कने बेला पनि सेवा दिने राईले बताए । ‘चेलीहरूले तिहार मनाइसकेपछि घर फर्कने बेला पनि सेवा दिनेछौं’ राईले भने–‘त्यसका लागि कात्तिक १९ गते पनि चेलीहरूलाई माइतीदेखि घरसम्म पु¥याउने छौं ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित