बैंकबाटै बृद्धभत्ता

  • प्रकाशित मितिः चैत्र 17, 2075
  • 200 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, चैत १७–जन्तेढुङ्गा गाउ“पालिकाले बैंकबाट बृद्धभत्ता वितरण सुरु गरेको छ । स्थानीय सरकारको प्रत्याभूति दिन उक्त पालिकाले बैंकबाटै बृद्धभत्ता वितरण सुरु गरेको हो । 
उक्त गाउ“पालिकाको वडा नं ५ चिसापानीका पा“च सय ५६ बृद्धबृद्धाले सालपा विकास बैंकको चिसापानीस्थित शाखाबाट बृद्धभत्ता पाएका हुन् । जन्तेढुङ्गा गाउ“पालिकाका अध्यक्ष शंकर राईले सामाजिक सुरक्षा भत्तामा अनियमितता हुने भएकाले बैंक मार्फत वितरण सुरु गरिएको सुनाए । 
स्थानीयले भने स्थानीय सरकार सामाजिक सुरक्षामा राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।‘अन्य पालिकाहरुका जनप्रतिनिधिहरु भने आफू केन्द्रित भएर सकेसम्म आफ्नै हातले बृद्धभत्ता बा“ड्न चाहन्छन् ।’ एक स्थानीयले भने–‘आफ्नै हातले बृद्धभत्ता बा“ड्दा बृद्धबृद्धाहरु आफूप्रति प्रभावित बनोस् भन्ने धारणा राख्छन् ।’ उनले भने–‘यो जनप्रतिनिधिहरुको दरित्रता हो ।’
त्यसो त बैंक मार्फत पारदर्र्शी हुन्छ । मृत्यु भइसकेका बृद्धबृद्धाले सामाजिक सुरक्षाभत्ता नपाउ“नुका साथै आफन्तले भत्ता बुझेर सम्वन्धित बृद्धबृद्धाले नपाउ“ने अवस्था पनि रहन्न । मुलुकले नया“ मोड लिइसकेको बेला पनि जनप्रतिनिधिहरु भने आफू केन्द्रित भएर बृद्धभत्ता आफैले दिनु भन्ने कुरा लाजमर्दा विषय हो । 
यसबाहेक जनमुखी काममा सबैलाई सहभागी गराए मात्र स्थानीय सरकार मजबुद हुने भन्ने धारणा समेत विकास हुन सकेको छैन । सरकारका हरेक अङ्गलाई परिचालन गरेर जनमुखी सरकारको प्रत्याभूति दिलाउ“नु पर्नेमा आफू केन्द्रित रहेर जनप्रतिनिधिहरुले मुर्ख काम गरेको स्थानीयको धारणा छ । अहिले सबैभन्दा बढी सामाजिक सुरक्षा भत्ता अपारदर्शी भएकाले त्यसलाई मिहीन रुपमा केलाउ“नु पर्ने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । 

 

प्रतिक्रिया दिनुहोस


Copyright © 2019 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित