वडाअध्यक्ष अमेरिकामा, वडाकार्यालयमा स्थानीयको ताला (भिडिओ सहित)

  • प्रकाशित मितिः कार्तिक ७, २०८१
  • 588 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ७–साकेला गाउँपालिका–४ मात्तिमका वडाअध्यक्ष अर्जुनकुमार कटवाल अमेरिका गएर नफर्किएपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । २०८० माघ १७ गतेदेखि कार्यालयमा अनुपस्थित भई अमेरिका बसेकाले वडाको विकास निर्माण तथा वडाकार्यालयको काममा प्रभावित भएको भन्दै कात्तिक ७ गते ताला लगाएका हुन् ।
वडाको विकास निर्माण तथा वडा कार्यालयको काम प्रभावित भएपछि तालाबन्दी गरेको पूर्ववडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले बताएका छन् । गाउँकार्यपालिकाले भीमबहादुर खड्कालाई तीन पटकसम्म कार्यबाहक तोकेको र त्यो अवधि पनि सकिएकाले ताला लगाउन वाध्य भएको भट्टराईले जनाएका छन् । उनका अनुसार गत साउन २१ गतेको सर्वदलीय बैठकले १५ दिनभित्र वडाअध्यक्ष वडामा उपस्थित हुनु पर्ने वा मार्गप्रस्स्त गर्नु पर्ने माग राख्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएका थिए । त्यसपछि गाउँकार्यपालिकाको बैठकले वडा सदस्य भीमबहादुर खड्कालाई कार्यबाहक तोकेर वडाको काम भएको तर यो अवधि पनि असोज २० गते सकिएकाले सर्वदलीय÷सर्वपक्षीय बैठकको निर्णयपछि वडा कार्यालयमा ताला लगाएको भट्टराईको भनाई छ ।
ताला लगाएपछि त्यसको जानकारी तथा सर्वपक्षीय÷सर्वदलीय बैठकको निर्णय सहित निमित्त प्रमुख प्रशासकीय अधिकृत सर्मिला राईलाई बुझाएको भट्टराईले सुनाएका छन् । कांग्रेसका स्थानीय नेता बुद्धिबोल राई, जीवन श्रेष्ठ, एमालेका गोपीकृष्ण खड्का, माओवादी नेता युवराज दुलाल, भोला फुयाल लगायतले तालाबन्दी गरी गाउँपालिकालाई जानकारी गराएको भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित