नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ५–हिरासतमै मृत्यु भएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका १८ वर्षीय भूदेउ राईका परिवारले दोषीलाई कारबाहीको माग गर्दै कात्तिक ५ गते जिल्ला प्रशासन कार्यालय खोटाङमा निवेदन दिएका छन् । चरम यातनाका कारण हिरासतमै ज्यान गुमाएको भन्दै दोषीलाई कारबाही र पीडितका परिवारलाई राहतको माग गर्दै निवेदन दिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले निवेदन आएपछि जिल्ला प्रहरी कार्यालयमा फर्वार्ड गरेको बताएका छन् । ज्यान मुद्दामा २०७० जेठ २८ गते पक्राउ परेका भूदेउ २०७० असार २६ गते जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतबाट भाग्ने क्रममा प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोग लगायतका विभिन्न ठाउँमा आफन्तले उजुरी दिएका थिए ।
राष्ट्रिय मानव अधिकार आयोगले उक्त घटनामा प्रहरी अधिकृत सहित ११ जनालाई कारबाही गर्न र पीडित परिवारलाई तीन लाख क्षतिपूर्ति दिन २०७० भदौ १६ गते नेपाल सरकारलाई सिफारिस गरेको थियो । आयोगले तत्कालीन प्रहरी नायब उपरीक्षक राजिव बस्नेत र प्रहरी निरीक्षक रमेश देवलाई विभागीय कारबाही तथा प्रहरी नायव निरीषकहरू महेन्द्र खत्री र मुकुन्दप्रसाद विडारी, प्रहरी हवल्दार सुरेशप्रसाद यादव, प्रहरी जवानहरू नकुल राई, रामकुमार बोगटी, कैलाश खत्री, चन्द्र खड्का, देवराज माझी र नारायण खड्कालाई मुलुकी ऐन ज्यान सम्बन्धी महल बमोजिम कारबाही गर्न सिफारिस गरेको थियो ।
आयोगले सिफारिस गरेको ११ वर्ष बित्दासमेत जिल्ला प्रहरी कार्यालय खोटाङले दोषीमाथि कारबाहीको प्रक्रिया नबढाएकाले जिल्ला प्रशासन कार्यालय खोटाङलाई निवेदन दिएको मृतकका आफन्त रञ्जिव राईले बताए । घटनामा संलग्न विपक्षीहरूको नाममा उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुङ्गाले समेत परमादेश जारी गरेको तर अहिलेसम्म कारबाहीको प्रक्रिया अगाडि नबढाएकाले प्रशासनमा निवेदन दिएको राईले बताए ।
यसबारेमा सम्वन्धित निकायमा आयोगले निर्णय गरिसकेको हो, आयोगको केन्द्र र यहाँबाट पनि फलो गरिनै रहेको राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङकी प्रमुख गीताकुमारी दाहालले बताइन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित