नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ४–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । नगरपालिका क्षेत्रभित्रका किसानले उत्पादन गरेको किवी, स्याउ, नास्पाती, आल्चा लगायत फलफूललाई प्रशोधन गरी पेयपदार्थ उत्पादन गर्दै बजारीकरण गर्ने उद्देश्यले प्रशोधन केन्द्र निर्माण गरिएको हो ।
संघीय सरकारको समपूरक अनुदान वापत एक करोड रूपैयाँको लागत उक्त फलफूल प्रशोधन केन्द्रका लागि आवश्यक पक्की भवन निर्माण र उपकरण खरिदको काम सम्पन्न भइसकेको र विद्युतीकरणको काम भइरहेको नगरउपप्रमुख विशन राईले बताए ।
फलफूल प्रशोधन केन्द्र सञ्चालनपछि प्रतिघण्टा दुई सय लिटर जुस उत्पादन हुने राईले बताए । गाउँमा उत्पादन भएका फलफूलबाट जुस उत्पादन गरेर आयातित पेयपदार्थमा हुने पूजी पलायन रोक्नुका साथै युवाहरूले रोजगारी पाउने समेत राईले सुनाए । फलफूल प्रशोधन केन्द्र सञ्चालन भएपछि प्रतिघण्टा दुई सय लिटर जुस उत्पादन हुने र जुस उत्पादन भएपछि पूँजी पलायन रोक्नुका साथै युवाहरूले पनि रोजगार पाउने राईले बताए ।
उक्त प्रशोधन केन्द्र सुवेदी कन्ट्रक्सन प्रालि हलेसीले निर्माण गरेको हो । ८४ लाख १२ हजार पाँच सय ९७ रूपैयाँको लागतमा सम्पन्न गर्ने गरी २०८० माघ १२ गते सम्झौता गरेर निर्माण सुरु गरेको थियो । यसअन्तरगत भवन निर्माण र उपकरण खरिद भइसकेको निर्माणमा सम्वद्ध सुवाश राईले बताए । प्रशोधन केन्द्रसम्म विद्युत् विस्तार नभएकाले विद्युत लाइनको व्यवस्था गर्नु परेकाले उपकरण जडानको काम बाँकी रहेको उपप्रमुख राईले बताए । यस बाहेक निर्माणाधीन भवनमा अन्य कोठाको पनि आवश्यक परेकाले त्यसका लागि कोसी प्रदेश सरकारको चालु आर्थिक वर्ष २० लाख रूपैयाँ विनियोजन गरिएको राईले बताए । निर्माणाधीन फलफूल प्रशोधन केन्द्र सञ्चालनमा आएपछि नगरपालिकाभित्रका कृषकलाई मात्र नभई जिल्लाभरिका कृषकलाई राहत मिल्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका अगुवा कृषक गङ्गाबहादुर विश्वकर्माले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २३–जिल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २३–सिक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २२–दिक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २१–केप�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २०–दिप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित