नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २–कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् । स्थानीय १९ वर्षीय पूर्णबहादुर राईको हत्यामा दोषी ठहरिएका केपिलासगढी गाउँपालिका–३ बास्पानी घर भई हाल धरान उपमहानगरपालिका–११ बस्ने ४१ वर्षीय सोमराज राईलाई पक्राउ गरी कैद भुक्तानका लागि कात्तिक १ गते कारागार पठाइएको हो ।
२०५७ पुस १४ गते पूर्णबहादुरको हत्यामा संलग्न रहेको भनि जिल्ला अदालत खोटाङले २०५८ माघ २ गते दोषी ठहर गर्दै दश वर्ष कैदको फैसला सुनाएको थियो । धरानमा लुकिछिपि बसिरहेको अवस्थामा असोज १७ गते नै पक्राउ परे पनि विदाका कारण कात्तिक १ गते मात्रै कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित