नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २–गत असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले बगाएको फोक्सिङटारको पुल पुनःनिर्माण लगायत अध्ययन गर्न, एक टोलीले फोक्सिङटारको अनुगमन गरेको छ । सडक विभाग पुल महाशाखाका प्रमुख ललिजन खनाल, पुलचोक क्याम्पसका विषय विज्ञ राजन सुवाल लगायतको टोलीले कात्तिक १ गते अनुगमन गरेको हो ।
टोलीले फोक्सिङटारको पुल पुनःनिर्माण, तत्कालका लागि अल्पकालीन समस्या समाधान र दीर्घकालीन योजनाबारे सडक विभाग पुल महाशाखा, इन्जिनियरिङ अध्ययन संस्था पुलचोक क्याम्पस विषय विज्ञ लगायतको टोलीले अध्ययन गरेका,े सडक विभाग पुल महाशाखाका प्रमुख खनालले बताएका छन् । दीर्घकालीन योजनाको बारेमा फेरि एक पटक सर्वेक्षण गरेर विस्तृत योजना बनाइन,े खनालले जनाएका छन् ।
अध्ययन टोलीलाई एमाले नेता विशाल भट्टराई, दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राई, प्रतिनिधिसभा सदस्य रामकुमार राईका सचिवालय सदस्य अरुण चाम्लिङ लगायतले भेटेर, पुल बगाएपछि परेको समस्या समाधन गनर्, तत्कालका लागि अल्पकालीन र दीर्घकालीन योजनाको बारेमा जानकारी गराएका,े वाइसियल खोटाङका अध्यक्ष किसन राईले बताएका छन् ।
फोक्सिङटारको पुल गौरी पार्वती वाइवी जेबीले २२ करोड ६७ लाख ११ हजार रूपैयाँको बजेटमा, ११ वर्ष लगाएर निर्माण गरेको थियो । २०७३ चैत २२ गते सक्ने गरी २०६९ चैत २३ गते संझौता गरे पनि २०७९ पुसबाट मात्र सञ्चालनमा आएको थियो । पुल बगाएपछि प्रतिनिधिसभा सदस्य रामकुमार राईको नेतृत्वमा संविधासभा सदस्यहरू, पूर्व सांसदहरू, कोसी प्रदेशका वर्तमान तथा पूर्वमन्त्रीहरू, विभिन्न दलका जिल्लाबासी नेताहरू, बुद्धिजीवी, विभिन्न गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिरूको टोलीले असोज ३० गते प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित