जिपबाट खसेर घाइते भएका बालकको मृत्यु

  • प्रकाशित मितिः कार्तिक २, २०८१
  • 579 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २–जिपबाट खसेर घाइते भएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ८ वर्षीय हेमन्त बस्नेतको मृत्यु भएको छ । दिक्तेल–खानीडाडाँ सडक खण्डको शिद्धेश्वर गुफा नजिक कात्तिक १ गते राती सडकमा खसेर घाइते भएका बस्नेतको उपचारका लागि काठमाडौं लैजाने क्रममा त्यसै राती ११ बजे मृत्यु भएको हो ।
ना १ ज ५७४३ नम्बरको जिपमा चढेर खाल्ले जादै गर्दा सडकमा बजारिएका बस्नेतको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौ लैजाने क्रममा हलेसी तुवाुचङ नगरपालिका–५ दुर्छिमस्थित नगरअस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले बताएका छन् । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि त्यही गाडीबाट काठमाडौं लैजाने क्रममा छापडाडाँ पुग्दा सिकिस्त भएपछि हलेसी तुवाचुङ नगर अस्पतालमा भर्ना गरिएको थियो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले घर भएका गाडी चालक ४५ वर्षीय गोविन्द कटवाल र गाडीलाई राती नै प्रहरीले नियन्त्रणमा लिएको पोखरेलले जनाएका छन् । बालक कसरी गाडीबाट खस्यो भन्ने अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पोखरेलले जनाएका छन् । मृतक बालकको शव जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित