नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ३०–जिल्लास्थित जनप्रतिनिधि तथा सरोकारवालाहरूले बाढी पहिरोले क्षति पु¥याएका संरचना पुनः निर्माणको माग गर्दै असोज ३० गते प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । प्रतिनिधिसभा सदस्य रामकुमार राई लगायत सरोकारवालाहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
जिल्लालाई तराई हुदै कोसी प्रदेश राजधानी जोड्ने सुनकोसी नदीमा आएको बाढीले फोक्सिङटारको पुल बगाएपछि नाकाबन्दी भएको, मध्यपहाडी लोकमार्गका विभिन्न ठाउँमा क्षति पुगेको, विभिन्न ठाउँका झोलुङ्गेपुलहरू, सिचाइँ कुलोहरू, स्थानीय सडकहरू, खानेपानी, घर, पशुपंक्षी तथा अन्नबालीमा क्षति पुगेकाले उक्त संरचनाहरूको पुनःनिर्माण, राहतको व्यवस्था गर्न ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
कोसी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई, सामाजिक विकास मन्त्री पाँचकर्ण राई, संविधानसमा सदस्यहरू समिता कार्की, दुर्गाजयन्ती राई, उषाकला राई, हरि रोका, अर्जुन राई, हिरा गुरुङ, पूर्व सांसदहरू टंक राई, कुलप्रसाद फुयाल, कोसी प्रदेश पूर्व सामाजिक विकास मन्त्री राजन राई, जिल्ला समनवय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राई, ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई, केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राई, रावाबेसी गाउँपालिका अध्यक्ष फटिकुमार राई, बाराहापोखरी गाउँपालिका अध्यक्ष शालिकराम बन्जरा, खोटेहाङ गाउँपालिका अध्यक्ष उदीमबहादुर राई लगायत जनप्रतिनिधिहरू तथा सरोकारवालाहरूद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
गत असोज २३ गते काठमाडौंमा भएको सर्वदलीय सर्वपक्षीय भेलाले प्रधानमन्त्री तथा विभागीय मन्त्रालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेकाले बुझाइएको प्रतिनिधिसभा सदस्य रामकुमार राईले बताए । ध्यानाकर्षण पत्र बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले फोक्सिङटारको पुल पुनःनिर्माण र अस्थायी बेलिबृजका लागि भोलिको क्याबिनेटमा राखेर निर्णय गर्ने बचन दिएको राईले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित