नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ३०–६९ औं प्रहरी दिवसको अवसरमा उत्कृष्ट प्रहरी कर्मचारी तथा प्रहरी परिवारबाट एसइइमा उत्कृष्ट अङ्क ल्याएर उतीर्ण हुनेलाई पुरस्कृत र अमर प्रहरीका परिवारलाई सम्मान गरिएको छ । असोज ३० गते जिल्ला प्रहरी कार्यालय खोटाङमा आयोजित कार्यक्रममा उक्त पुरस्कार तथा सम्मान गरिएको हो ।
कार्यक्रममा उत्कष्ट कार्यसम्पादन गर्ने प्रहरी सहायक निरीक्षक मनिशकुमार यादव, प्रहरी सहायक हवल्दारहरू दीपक खत्री र अर्जुन कार्की, प्रहरी जवानहरू अनिता तामाङ र घनश्याम विश्वकर्मा तथा कार्यालय सहयोगी नारायण कार्कीलाई पुरस्कृत गरिएको हो । त्यस्तै सामुदायिक विद्यालयबाट एसइइमा प्रहरी परिवारका विद्यार्थीमध्ये उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने पास्कल बस्नेतलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले बताए । जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत कार्यालय सहयोगी युवराज बस्नेतका छोरा पास्कललाई नगद दश हजार सहित पुरस्कृत गरिएको हो ।
प्रहरी दिवसको अवसरमा आयोजित ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिताका विजयी प्रहरी खेलाडीलाई पुरस्कार वितरण गरिएको छ । युगल ब्याडमिन्टन प्रतियोगितामा प्रहरी सहायक निरीक्षक हरिबहादुर लामा र हवल्दार टेकबहादुर राईको जोडी प्रथम, प्रहरी जवान प्रमोद भुजेल र हीरा नेपालीको जोडी द्धितीय तथा सहायक हवल्दार सुमन राई र प्रहरी जवान रेवती दाहालको जोडी तृतीय भएका छन् ।
यस्तै, टेबलटेनिस प्रतियोगितामा प्रहरी जवानहरु आदित्य परियार प्रथम, प्रमोद भुजेल द्धितीय र डिप्लब घिमिरे तृतीय भएका छन् । कार्यक्रममा पाँच जना अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको छ ।
कार्यक्रममा प्रहरी चौकी बराहपोखरीलाई निःशुल्क जग्गा उपलब्ध गराउने तीनजना जग्गादातालाई सम्मान गरिएको छ । प्रहरी चौकी बराहपोखरीको भवन निर्माणका लागि पाँच रोपनी एक आना जग्गा निःशुल्क उपलब्ध गराउनुहुने स्थानीय वीरबहादुर राउत, अम्बिका मगर र प्रविन तामाङलाई सम्मान गरिएको छ ।
सम्मानित तथा पुरस्कृतलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई, रावाबेसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ लगायत अमर प्रहरी परिवार, भूतपूर्व प्रहरीहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू गैरसरकारी संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरू लगायतका सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, फागुन २–गैरसरकारी संस्था म�... ... ...
सविना अछामे–खोटाङ, फागुन १–नेकपा माओवादीका उप�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–खोटेहाङ �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–अहिलेको �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित