(कविता)चाहाना

  • प्रकाशित मितिः चैत्र ११, २०७५
  • 1341 पटक पढिएको
  • संवादताता

भिम राई –
अतृत्प मन
अतृप्त चाहना
बोकेर हिडिरहेको
यात्रीको मनजस्तै
जिन्दगीको यात्रा
अपुरो–अधुरो देख्छु

सोध्न सक्दिन प्रश्न
बोल्न सक्दिन
ऊ बेलाकोजस्तो
प्रेमिल वचन
केमा टुङ्गियो
हाम्रो यात्रा
बीच बाटैमा
छोडियो सम्झनाको
पोका पन्त्यौराहरु

केवल
हेरेर मेट्नु मनको तिर्खा
टाढैबाट रश्वस्वादन गर्नु
मनको बैचैनहरु
स्पर्श गर्नु हावा र
बतास मार्फत

सम्झनु
विगत सा“च्चै विगत नै रहेछ
वर्तमान त के
स्वादिलो छ र ?
प्रकशित मिति २०७५ चैत ११

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित