बाढी–पहिरोले ध्वस्त संरचना पुनःनिर्माण लगायत जिल्लाको दीगो विकासका लागि प्रधानमन्त्री, प्रतिपक्षी दल लगायतको ध्यानाकर्षण गराइने

  • प्रकाशित मितिः असोज २४, २०८१
  • 745 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २४–बाढी–पहिरोले ध्वस्त संरचना पुनःनिर्माणका लागि प्रधानमन्त्री केपी ओली, विभिन्न मन्त्रालय, प्रमुख प्रतिपक्षी दल लगायत राजनीतिक दलका प्रमुखहरूलाई ध्यानाकर्षण–पत्र बुझाइने भएको छ । असोज २३ गते काठमाडौंमा आयोजित सर्वदलीय बैठकले असोज ९ गतेदेखि १२ गतेसम्म आएको भीषण बाढी–पहिरोले क्षति पु¥याएका संरचनाहरूको पुनःनिर्माण तथा जिल्लाको समग्र दीगो विकासका लागि ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।


प्रतिनिधिसभा सदस्य रामकुमार राईको संयोजनामा भएको विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सम्मेलित बैठकले प्रतिनिधिसभा सदस्य राईको संयोजकत्वमा प्रतिनिधिसभा सदस्य सरस्वती बजिमय, कोसी प्रदेश भौतिक विकास मन्त्री भूपेन्द्र राई, सामाजिक विकास मन्त्री पाँचकर्ण राई, संविधानसभा सदस्यहरू, पूर्व सांसदहरू, पूर्व प्रदेशसभा सदस्यहरू, पूर्वमन्त्रीहरू, खोटाङमा क्रियाशलि राजनीतिक दलका प्रतिनिधिहरू, खोटाङ उद्योग वाणिज्य संघ, काठमाडौमा क्रियाशील खोटाङका संघ–संस्थाहरू, पूर्व प्रशासकहरू, बौद्धिक व्यक्तित्व सम्मिलित समिति बनाउने समेत निर्णय भएको छ ।


बैठकमा संविधानसभा सदस्यहरू अर्जुन राई, उषाकला राई, एमाले केन्द्रीय सदस्यहरू खगेन्द्र राई, रमेश पौडेल, जनता समाजवादी पार्टीका नेता रमेश राई, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रबिन्द्र ओझा, नेकपा खोटाङका इन्चार्ज सन्जिप सी, वौद्धिक व्यक्तित्वहरूको तर्फबाट डा. बिष्णु राई, प्राज्ञ डा. धनप्रसाद सुवेदी, खोटाङ कलाकार समाजका अध्यक्ष रूपकुमार राई लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित