नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २३–जिल्ला सदरमुकाम दिक्तेलमा गोलभेडा अभाव भएको छ । यहाँका तरकारी तथा फलफूल पसलहरूमा गोलभेडा नपाएपछि दसैंको बेला उपभोक्ताले खरिद गर्न नपाएका हुन् ।
दिक्तेल हटियामा समेत आवश्यक गोलभेडा नपाएको उपभोक्ताहरूले बताएका छन् । हटियामा आएको थोरै गोलभेडा प्रतिकेजी एक सय ९० रूपैयाँसम्ममा किनबेच भएको तर त्यो पनि नपाएको उपभोक्ताहरूले बताएका छन् ।
दिक्तेल बजारमा असोज २३ गते कुनै–कुनै ठाउँमा पाइएको गोलभेडा दुई सय रूपैयाँसम्ममा किनबेच भएको पाइएको छ । उत्पादक किसानले गोलभेडा उपलब्ध नगराएपछि अभाव भएको दिक्तेल बजारका संगमटोलस्थित फलफूल व्यवसायी श्याम पौडेलले बताए । ‘रोग, लामो समयसम्मको झरिले गोलभेडा उत्पादन भएन भन्छन् किसानहरू’ पौडेलले भने–‘त्यही भएर गोलभेडा अभाव र महङ्गो भएको हो ।’
नगरपालिकामा व्यवसायिक किसान थोरै मात्र भएको र थोरैले सञ्चालन गरेको कृषि फर्ममा रोग तथा झरिका कारण गोलभेडा उत्पादन नभएपछि बजारमा दिन नसकिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका अगुवा कृषक गङ्गाबहादुर विश्वकर्माले बताए ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले तरकारी तथा फलफूलजन्य वस्तु उत्पादनम जोड दिए पनि बजारमा भने अभाव भएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–चखेवा भ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–बाँदर व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १–बस र अटो... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ३०–बाँदरको �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित