अलपत्र पुल निर्माण सुरु
- प्रकाशित मितिः चैत्र ११, २०७५
- 1837 पटक पढिएको
- संवादताता
नमस्ते खोटाङ संवाददाता-
खोटाङ, चैत ११–साप्सु खोलाको अलपत्र सडक पुल निर्माण सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउ“पालिका–५ मात्तिमको बीचमा पर्ने साप्सुखोला सडक पुल निर्माण सुरु भएको हो ।
दिक्तेल–खोटाङबजार सडक खण्ड अन्तरगत पर्ने साप्सुखोला सडक पुल निर्माण कम्पनीको लापरबाहीले दुई वर्षदेखि उक्त पुल अलपत्र परेको थियो । जिल्ला प्राविधिक कार्यालय मार्फत नेपाल सरकारको करिब डेढ करोड रुपैया“को लागतमा १८ महिनामा सक्ने गरी हरिहरि–गजुरमुखी जेबी कम्पनीले २०७३ बैशाखमा संझौता गरेको थियो । ठेकेदारको लापरबाहीले पुल अलपत्र परेपछि पटक–पटकको ताकेतापछि निर्माण सुरु भएको साकेला गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खड्काले बताए ।
निर्माण कम्पनीले पेटी ठेक्का दिएको व्यक्ति श्याम पोखरेलको बदमासीका कारण काम अलपत्र परेको र अहिले अर्कै व्यक्तिलाई काम जिम्मा दिइएको अध्यक्ष खड्काले सुनाए । उनका अनुसार पछिल्लो चोटी साकेला गाउ“पालिका–१ बाझेच्यानडाडा“का सुरज बस्नेतलाई जिम्मा दिइएको खड्काले जनाए ।खड्काका अनुसार यसै आर्थिक वर्षमा पुल सकिने छ । ‘मौसमले साथ दिएमा यो असारसम्म सकिने छ ।’ अध्यक्ष खड्काले भने–‘पुल निर्माणका लागि फलामको सामान बाहेक अन्य सामानहरु समेत ल्याइसकेकाले अब काम सकिने धेरै बेर लाग्दैन ।’
खडकाका अनुसार यो महिनामा दुबै तिरको पिलर सक्ने योजना बनाइएको छ । अर्को महिनामा ट्रष्ट तयार गर्ने, त्यसपछि जडान र ढलानको काम जेठ–असारमा सक्ने योजना बनाइएको अध्यक्ष खड्काले सुनाए । त्यसो त यो पुल निर्माण अवधि कामै नगरी गत कात्तिकमै सकिएको छ । पश्चिमी र उत्तरी क्षेत्र तथा मुख्य सडक सन्जालसंग दक्षिणी क्षेत्रलाई जोड्ने यो सडक पुल नबनेपछि वर्षा याममा यातायात अबरुद्ध हुदै आएको छ । यसले विकास सर्वसाधारणलाई सास्ती तथा विकास निर्माणमा समेत असर परेको छ ।