नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १९–हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न ठाउँमा पहिरोले अबरुद्ध मध्यपहाडी लोकमार्ग शनिबार विहानदेखि खुलेको छ । असोज १७ गते राती गएको पहिरो असोज १८ गते विहानदेखि रातभर लगाएर पन्छाएपछि असोज १९ गते बिहानैदेखि खुलेको हो ।
उक्त नगरपालिकाको वडा नम्बर १ बाहुनीडाडाँको कदुवा क्षेत्रमा पर्ने गोरुमारेमुनि, त्यसभन्दा मुनि डौठेखोलामाथिको पहिरो हटाइएपछि अबरुद्ध यातायात असोज १९ गते विहानैदेखि खुलेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताए ।
असोज १८ गते दिनभरि पहिरो पन्छाउन दुई वटा डोजर प्रयोग गर्दा पनि नसकेपछि एक हजार बढी यात्रु अलपत्र परेको गिरीले बताए । पहिरोले च्यास्मिटार, कदुवा, डौठेखोला लगायतका क्षेत्रमा फसेको ठूला–साना गरी ५० गाडीमा सवार एक हजार बढी यात्रु अलपत्र परेको गिरीले जनाए ।
सडक अबरुद्ध भएपछि काठमाडौं तथा तराईका शहरहरूबाट आएका गाडी जयरामघाट, डौठेखेलामा र दिक्तेल–भोजपुरतिरबाट छुटेको गाडी हलेसी, च्यास्मिटारमा रोकिएका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित