नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १८–वर्षाका कारण पहिरोले फेरि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडाँमा दुई ठाउँ र ३ च्यास्मिटारमा एक ठाउँ असोज १८ गते गएको पहिरोले अबरुद्ध भएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार बाहुनीडाडाँको गोरुमारेमुनि र डौठेखोला माथि पहिरोले सडक अबरुद्ध भएको छ । त्यस्तै च्यास्मिटारको जोरसिमल नजिक बयक्तमा पहिरो जादा यातायात अबरुद्ध भएको गिरीले बताए । ‘दुबै ठाउँमा राती ११ बजे पहिरो गएपछि सडक अबरुद्ध भएको छ’ गिरीले भने–‘खुलाउनका लागि नगरपालिकाले दुईतिरबाट गरी दुई वटा डोजर पठाएको छ, पुगेपछि खुलाउने काम सुरु हुन्छ ।’
खोटाङमा रहेको सडक विभाग र मध्यपहाडी लोकमार्ग डोजर सिन्धुली लगिएकाले सडक खुलाउन ढिला भएको गिरीले बताए । सडक अबरुद्ध भएपछि काठमाडौं तथा तराईका शहरहरूबाट आएका गाडी डौठे खेलामा र दिक्तेल–भोजपुरतिरबाट छुटेको गाडी हलेसीमा रोकिएको गिरीले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित